Sajhamanch Archive

सेनाका १६८९ जनामा कोरोना संक्रमण

Published: in राष्ट्रिय समाचार, समाज by .

काठमाडौं । नेपाली सेनाका १६८९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । मुलुकका विभिन्‍न स्थानमा खटिएका सेनाका १६८९ जनामा कोरोना संक्रमण देखिएको हो ।

नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलका अनुसार हालसम्म ३१३ जना डिस्चार्ज भएका छन् । सेनामा माथिल्लो दर्जामा उपरथीसम्मलाई संक्रमण भएको थियो ।

होल्डिङ सेन्टर, क्‍वारेन्टिन र आइसोलेसन र कारागारको सुरक्षामा खटिएकाहरु बढी संक्रमित पाइएका छन् । सेनाले कोरोना संक्रमणबाट ज्यान गुमाएको शव व्यवस्थापनको महत्त्वपूर्ण कामसमेत गर्दै आएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *