त्रिविमा पदाधिकारी प्रवेशमा रोक लगाउने नेविसंघको चेतावनी
Published:
by .काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा नेपाल विद्यार्थी संघले विश्वविद्यालयका पदाधिकारीलाई प्रवेशमा रोक लगाउने चेतावनी दिएको छ ।
विश्विवद्यालयको शैक्षिक, प्राज्ञिक एवंम भौतिक सुधारको कुनै योजना नल्याएलगायत विभिन्न ९ कारण देखाउँदै नेविसंघले पदाधिकारीलाई प्रवेशमा रोक गराउने चेतावनी दिएका हुन् ।
मंगलबार विश्वविद्यालयमा र्यालीसहित प्रदर्शन गर्दै नेविसंघले बुधबारदेखि पदाधिकारीलाई गेटबाटै छिर्न नदिने घोषणा गरेको हो ।
मागहरु पूरा नभए निरन्तर गेटमा धर्ना बसी पदाधिकारीहरुलाई कार्यालय प्रवेशमै रोक लगाउने निर्णय भएको नेविसंघ त्रिवि समितिका सचिव योगेन्द्र रावलले बताए ।
नेविसंघले विश्विवद्यालयमा प्राज्ञिक मर्यादाविपरीत नेकपाका कार्यकर्तालाई नियुक्ति दिइएको, पदाधिकारी नियुक्त गर्दा त्रिविको नियम लत्याइएको, विद्यार्थीबाट महँगो शुल्क असुलेको, कोरोना महामारीको ६ महिनासम्म कक्षा संचालन, परीक्षा व्यवस्थापनलगायतका नीति र कार्यक्रम नबनाएको र जायज माग राख्दा विद्यार्थीमाथि झुट्ठा मुद्दा लगाएको आरोप नेविसंघको छ ।
Comments