Sajhamanch Archive

सबै सिटमा यात्रु राख्‍न नदिए वायुसेवा कम्पनीले जहाज नउडाउने

Published: in राष्ट्रिय समाचार by .

काठमाडौं । वायुसेवा सञ्चालकहरुले ५० प्रतिशत मात्र यात्रु राखेर उडान गर्नुपर्ने सरकारको निर्णयमा असहमति जनाएका छन् ।

बुधबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा भएको छलफलमा १ असोजमा उडान खुला गर्ने निर्णय सार्वजनिक भएपनि सोही दिन जहाज उड्न नसक्ने र ५० प्रतिशत यात्रु राखेर समेत उडान सम्भव नभएको अडान दोहोर्‍याएका छन् ।

मन्त्रालयले भने यसअघि तोकिएको सबैभन्दा माथिल्लो दरमा भाडा लिन पाउने गरी सहमति गर्न प्रस्ताव गरेको छ । तर, व्यवसायी भने भर्खरै महामारीका कारण घरभित्रै थुनिएर बसेका यात्रुले मँहगो भाडा तिरेर यात्रा गर्न नसक्ने भन्दै असहमति जनाएका हुन् ।

‘५० प्रतिशत मात्र यात्रु राख्नुपर्ने विषयमा हाम्रो असहमति छ, अन्य विषयमा समस्या होइन, यात्रुको संख्यामा सहमति भए ५ असोजबाट भने जहाज उडाउन व्यवसायी तयार देखिएका छन्,’ समिट एयरका प्रवन्ध निर्देशक मनोज कार्कीले भने, ‘भाडा बढाउने निर्णयमै हाम्रो असहमति हो, किनकी यात्रुलाई मार पारेर हामी व्यवसाय अगाडि बढाउन सक्दैनौं ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *