Sajhamanch Archive

नेकपाले बोलायो सचिवालय बैठक

Published: in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले शुक्रबार सचिवालय बैठक बोलाएको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा विहान ११ बजे बैठक बोलाइएको एक नेताले बताए । स्रोतका अनुसार सांगठनिक एकताको बाँकी कामसँगै संघीय सरकारको मन्त्रिपरिषद् र प्रदेश सरकार पुनर्गठनबारे छलफल गर्ने बैठकको एजेण्डा छ ।

पार्टीको आन्तरिक विवादबारे सुझाव दिन गठित कार्यदलको प्रतिवेदनमा पनि मन्त्रिपरिषद् पुनर्गठन गर्ने उल्लेख थियो । तर १९ भदौमा बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल मन्त्रिपरिषद् पुनगर्ठन नहुने भन्दै ढुक्क भएर काम गर्न मन्त्रीहरुलाई निर्देशन दिएका थिए । तर शुक्रबार बोलाइएको सचिवालयको एजेण्डामै परेको मन्त्रिपरिषद् र प्रदेश सरकार पुनर्गठन रहेको एक नेताले बताए

स्रोत : अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *