Sajhamanch Archive

आज विश्व बिरामी सुरक्षा दिवस

Published: in राष्ट्रिय समाचार, स्वास्थ्य by .

झापा । आज विश्व बिरामी सुरक्षा दिवस मनाइदैछ । सुरक्षित स्वास्थ्यकर्मी, सुरक्षित बिरामी भन्ने नाराका साथ नेपालमा पनि यो दिवस सप्ताहव्यापी रुपमा मनाइदैछ ।

यसपाली विश्व नै कोरोना भाइरसको महामारीसँग जुधिरहेकाले दिवसलाई महामारी नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मीको मनोबल बढाउने र बिरामीको उपचारमा जोड दिइएको छ । सरकारले बिरामी र स्वास्थ्यकर्मीको मनोबल बढाउन दीपावली गरी दिवस मनाउन आग्रह गरेको छ ।

दिवसका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओली, स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल लगायतले शुभकामना दिंदै महामारीबाट बच्न अनुशासन र सजगताको पालना गर्न आग्रह गरेका छन् । साथै कोरोनाको प्रभावकारी उपचार, महामारी रोकथाम र नागरिकको जीवन रक्षामा खटिएका स्वास्थ्यकर्मीको प्रशंसा गरेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *