Sajhamanch Archive

प्रदेश १ का सामाजिक विकासमन्त्री घिमिरे कोरोनामुक्त

Published: in प्रदेश तह, समाज, स्वास्थ्य by .

विराटगनर । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे सरकारी निवासबाटै कोरोना जित्न सफल भएका छन् । कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि १८ दिनदेखि उनी आफ्नै सरकारी क्वार्टरमा आइसोलेसनमा बसेका थिए ।

मन्त्री घिमिरेलाई भदौ १५ गते संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएका उनको रिपोर्ट बिहीबार बिहान नेगेटिभ आएको प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरले जनाएको छ । बुधबार उनको स्वाब संकलन गरेर तेस्रो पटक पीसीआर परीक्षणका लागि पठाइएको थियो ।

तेस्रो पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएसँगै संक्रमण पुष्टि भएको १८ दिनपछि उनी कोरोना मुक्त भएका हुन् । कोरोनासँग मिल्ने लक्षण देखिएपछि उनी भदौ १३ गतेदेखि नै होम आइसोलेसनमा बसेका थिए ।

यसअघि भदौ २६ गते गरिएको दोस्रो परीक्षणमा उनको रिपोर्ट पुनः पोजिटिभ आएको थियो । मन्त्री घिमिरेलाई कोरोना पुष्टि भइसकेपछि सामान्य रुघा, खोकीबाहेक स्वास्थ्यमा थप समस्या नदेखिएको उनको सचिवालयले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *