Sajhamanch Archive

विराटनगरमा प्रदेश १ को संसद भवन शिलान्यास, ६ महिनामा सम्पन्न गरिने

Published: (Updated: ) in प्रदेश तह, राजनीति, समाज by .

विराटनगर । प्रदेश १ प्रदेशसभाको भवन बिहीबार शिलान्यास भएको छ । विराटनगरमा हाल रहेकै स्थानमा भवन निर्माण थालनी भएको हो । प्रदेशसभा विराटनगर बाहिर लैजाने भन्दै नेकपाका एकथरी सांसदले लविङ गरी हस्ताक्षर अभियान चलाएका थिए । तर अब विवाद अन्त्य भएको छ ।

जिल्ला समन्वय समितिको भवनमा बैठक सञ्‍चालन हुँदै आएको थियो । प्रदेश सरकारले विनियोजन गरेको ५ करोड रुपैयाँ बजेटमध्ये २ करोड ५१ लाख ८१ हजार ९७६ रुपैयाँ लागतमा निर्माण हुनेछ । प्रदेश सभामुख प्रदिपकुमार भण्डारी, उपसभामुख सरस्वती पोखरेल, मुख्य प्रतिपक्षी दलका नेता राजिव कोइराला, प्रतिपक्ष दलका नेता जयराम यादव र जेष्ठ प्रदेश साँसद ओमप्रकाश सरावागी लगायतले शिलान्यस गरे ।

प्रदेश १ को राजधानी तोक्दा राजधानी विराटनगर भए पनि राजधानीका संरचना विराटनगर, इटहरी र सुन्दरहरैचा आसपासको क्षेत्रमा रहने उल्लेख थियो । प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले प्रि-फ्याबको भवन बनाउन लागिएको बताएका छन् ।

भवन निर्माणको ठेक्का धरानको स्वामी नारायण निर्माण सेवा कम्पनीले पाएको छ । यो ६ महिनाभित्र निर्माण पूरा हुने प्रदेशसभा सचिव गोपाल पराजुलीले बताएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *