Sajhamanch Archive

झापामा ५ महिलासहित १० जना कोरोना संक्रमित थपिए

Published: in समाज, स्थानीय तह, स्वास्थ्य by .

झापा । झापामा आज १० जना कोरोना  संक्रमित थपिएका छन् ।

विहीबार झापामा ५ महिलासहित १० जना कोरोना भाइरसका संक्रमित थपिएका हुन् ।

स्वास्थ्य कार्यालय झापाका अनुसार दमक नगरपालिका वडा नं.५, ८ र ९ का ५ महिला र १ जना पुरुष तथा मेचीनगर नगरपालिका वडा नं.११ का १ जना र ३ जना काठमाडौँ जिल्लाका छन् ।

दमकका २०, २०, ४३, ४७, ४९ र ८४ वर्ष उमेरका ६ जना स्थानीय हुन् भने मेचीनगरका ४३, ४८, ५६ र ५६ वर्ष उमेरका ४ जना कोरोना संक्रमित भारतबाट आएर काँकरभिट्टाको विभिन्न होटल क्वारेन्टिनमा बसेका रहेको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले बताए ।

योसँगै झापामा कोरोना संक्रमितको संख्या ७७० पुगेको छ  ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *