Sajhamanch Archive

विराटनगरमा ६६ वर्षीय पुरुषमा मृत्युपछि कोरोना पुष्टि

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by .

विराटनगर । कोरोना संक्रमणका कारण विराटनगरमा थप एक पुरुषको मृत्यु भएको छ । विराट मेडिकल कलेजमा विराटनगर– १० निल सदनका ६६ वर्षीय पुरुषको मृत्यु भएको हो ।

बिहीबार बेलुका करिब सवा ५ बजे मृत्यु भएका उनको मृत्युपछि कोरोना रिपोर्ट पोजेटिभ आएको अस्पतालका आइसोलेसन इन्चार्ज सुनिल देवले बताए । ज्वरो आउने र श्वासप्रश्वासमा समस्या देखिएपछि वृद्धलाई ३० भदौमा अस्पताल भर्ना गरिएको थियो ।

मृतक पुरुषमा मृगौलासम्बन्धी समस्या रहेको थियो । सप्तरी स्थायी ठेगाना भएका मृतक पुरुष दुई वर्षयता विराटनगर बस्दै आएका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *