Sajhamanch Archive

नेकपा सचिवालय बैठक स्थगित, आइतवार बस्ने

Published: in राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । आज बस्ने भनिएको नेकपा सचिवालय बैठक चार गतेसम्मका लागि स्थगित गरिएको छ ।

आज बिहान ११ बजे तत्कालीन नेकपाको केन्द्रीय कार्यालय पेरिसडाँडामा सचिवालय बैठक बस्ने तय भएको थियो । तर, आजै बिहान सचिवालय सदस्यहरुलाई असोज ४ गते आइतबारसम्मका लागि बैठक स्थगित भएको सूचना पठाइएको छ ।

बैठकका लागि पेरिसडाँडास्थित कार्यालयको माथिल्लो तलामा भौतिक दुरी कायम गरी बस्ने व्यवस्था मिलाइसकिएको थियो । यसअघि नेकपाका बैठकहरु धुम्बाराहीस्थित केन्द्रीय कार्यालय र प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै आएका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *