Sajhamanch Archive

झापामा ८० वर्षिय वृद्धसहित चारजनामा कोरोना

Published: (Updated: ) in समाज, स्थानीय तह, स्वास्थ्य by .

बिर्तामोड । झापामा आज स्वास्थ्यकर्मीसहित चारजनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

शुक्रबार झापामा एकजना स्वास्थ्यकर्मीसहित चारजनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य कार्यालय झापाका अनुसार शिवसताक्षी नगरपालिका वडा नं.१, ५ र ६ का १ महिला र २ जना पुरुष तथा कनकाई नगरपालिका वडा नं.२ का १ जना पुरुष छन् ।

शिवसताक्षीका ३२, ३४ र ३८ वर्ष उमेरका ३ जना हुन् । उनीहरुमध्ये २ जना दुवई र कुवेत तथा १ जना स्थानीय स्वास्थ्यकर्मी रहेको कार्यालयले जनाएको छ ।

त्यस्तै कनकाईका ८० वर्षका कोरोना संक्रमित स्थानीय रहेको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले बताए । योसँगै झापामा कोरोना संक्रमितको संख्या ७८० पुगेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *