Sajhamanch Archive

राप्रपामा पनि तीन अध्यक्ष : दल दर्ता भोलि

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) बीचको एकिकरणको गाँठो फुकेको छ । भोलि निर्वाचन आयोगमा राष्ट्रिय प्रजातन्त्र पार्टी नामक नयाँ दल दर्ता गर्ने सहमति भएको राप्रपा नेता मोहन श्रेष्ठले जानकारी दिए । एकीकृत पार्टीमा ३ जना अध्यक्ष हुने भएका छन् ।

राप्रपा अध्यक्ष कमल थापा र संयुक्तका अध्यक्षद्वय पशुपति शमशेर राणा र प्रकाशचन्द्र लोहनी नै एकीकृत पार्टीको अध्यक्ष रहनेछन् । कार्यसमिति ३२७ सदस्यीय हुने भएको छ । त्यस्तै, चुनाव चिह्न हलोमा सहमति जुटेको छ । राप्रपाले चुनाव चिह्न गाई राख्नुपर्ने अडान राखेको थियो । पार्टीको झण्डामा भने गाई रहने भएको छ ।

अध्यक्षत्रयले गरेको सहमति राप्रपा संयुक्तको चाबहिलमा र राप्रपाको सुकेधारास्थित कार्यालयमा बसेको बैठकले स्वीकार गर्ने निर्णय गरेको हो ।

०७८ वैशाख अन्तिम साता महाधिवेशन गर्ने पनि सहमति भएको छ । भोलि दुई पार्टीको संयुक्त कार्यसम्पादन समितिको बैठकले आज भएको निर्णय अनुमोदन गरेपछि दल दर्ताका लागि निर्वाचन आयोग जाने बताइएको छ ।

एकीकरण गर्ने सहमति भए पनि राप्रपा नामक नयाँ दल दर्ता गर्ने कि नगर्ने र चुनाव चिह्नको विषयलाई लिएर एकता अलमलमा थियो ।

                                                                                                                        स्रोत बाह्रखरी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *