प्रदेश १ मा साढे नौ लाखले गरे स्वास्थ्य विमा
Published:
by .विराटनगर । प्रदेश १ मा स्वास्थ्य बिमा कार्यक्रममा जोडिनेको संख्या नौं लाख ६५ हजार पुगेको छ ।
दुई वर्षयता सरकारले सुरु गरेको स्वास्थ्य बिमा कार्यक्रममा प्रदेश १ का १४ जिल्लाबाट नौं लाख ६५ हजार बढी सर्वसाधारण जोडिएका हुन् ।
प्रदेश १ का स्वास्थ्य बिमा कार्यक्रमका सिनियर अधिकृत दुर्गाप्रसाद आचार्यका अनुसार स्वास्थ्य बिमा गराउनेहरुको संख्या बढ्दै गएको छ ।
उनका अनुसार मोरङमा मात्रै बिमामा सहभागिता जनाउनेको संख्या १ लाख ५० हजारभन्दा माथि छ । मोरङ २०७६ असोज १५ बाट स्वास्थ्य बिमा सुरु भएको थियो ।
Comments