Sajhamanch Archive

मोरङमा थप एक कोरोना संक्रमितको मृत्यु

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by .

विराटनगर । मोरङको बूढीगंगा गाउँपालिका वडा नं.३ बाँसबारीका कोरोना संक्रमित पुरुषको उपचारका क्रममा मृत्यु भएको छ ।

विराट शिक्षण अस्पतालको आइसोलेसनमा उपचार गराइरहेका ६० वर्षीय पुरुषको राति १२ः२० बजेतिर मृत्यु भएको हो । अस्पतालको आइसोलेसन इन्चार्ज सुनिल देवका अनुसार मृतकलाई असोज १५ गते कोरोना पुष्टि भएको थियो ।

पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएपछि त्यही दिन आइसोलेसनमा भर्ना गरिएका उनलाई बचाउन नसकिएको उनको भनाइ छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *