थप तीन हजार ७४९ जनामा कोरोना
Published:
by .काठमाडौं । नेपालमा थप ३ हजार ७ सय ४९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर तीन हजार ७४९ संक्रमित थपिएका हुन् । यससँगै कुल संक्रमितको संख्या एक लाख २१ हजार ७४५ पुगेको छ ।
पछिल्लो २४ घण्टामा तीन हजार ५६४ जना देशभरका विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म ८४ हजार ५१८ जना डिस्चार्ज भएका छन् । देशभरका प्रयोगशालाहरुमा १६ हजार ५९८ जनाको पीसीआर परीक्षण गरिएको छ ।
Comments