Sajhamanch Archive

चौधरीको हत्यामा संलग्न राजवंशी पक्राउ

Published: in समाज by .

झापा । साथीलाई बञ्चरो हानेर हत्या गरेको अभियोगमा प्रहरीले झापाको सुरुङ्गाबाट एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कन्काई नगरपालिका वडा नं.७ का टल्के भनिने रबिन राजवंशी रहेका छन् ।

अभियुक्त राजवंशीले आफ्नै साथी अभिषेक चौधरीलाई बञ्चरो हानेर हत्या गरेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ । बिर्तामोड प्रहरीका डिएसपी मुकुन्द रिजालले घटनाको आठ घण्टापछि राजवंशीलाई पक्राउ गरिएको बताए ।

दुवै जनाबीच लागूऔषधका विषयमा विवाद हुँदा घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । २७ गते साँझ राजवंशीले चौधरीको हत्या गरेका हुन् ।

असोज २८ गते विहान कनकाई नगरपालिकाको वडा नं.३ एकान्त टोलस्थित बाँसघारीमा चौधरीको शव भेटिएको थियो । पक्राउ परेका राजवंशीले बञ्चरोले टाउकोमा हानेर मारेको स्वीकारेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *