Sajhamanch Archive

आउँदाआउँदै पोखरेलको प्रश्‍न – हेलो सरकार के गर्दैछ ?

Published: in राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । उपप्रधानमन्त्री ईश्‍वर पोखरेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌ कार्यालयको जिम्मेवारी सम्हाल्दै हेलो सरकारबारे प्रश्‍न उठाएका छन् ।

बिहीबार पदभार ग्रहण गर्दै उपप्रधानमन्त्री पोखरेलले हेलो सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌ कार्यालय अन्तर्गत भए पनि यसले प्रभावकारी काम नगरेकोप्रति उनले पश्‍न गरेका हुन् ।

उनले भने, ‘हलो सरकार गर्दैछ के ? प्रधानमन्त्री कार्यालयअन्तर्गत रहेको हेलो सरकारका स्टाफ साथीहरु ढलक-ढलक ११-१२ बजे स्टाफ आउने र ४-५ बज्दानबज्दै जाने । यस्ता कतिपय कुराहरु रहेका छन् ।’ उनले यस्ता कुराहरुमा सुधार गर्नुपर्ने बताएका छन् ।

त्यसैगरी सम्पत्ति शुद्धिकरण, राष्ट्रिय अनुसन्धान आयोग, राष्ट्रिय सतर्कता केन्द्र , राष्ट्रिय योजना आयोगका विषयमा पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌ कार्यालयसँगै जोडिएका कारण यस्ता विषयमा अब प्रभावकारी रुपमा अघि बढ्ने उनले बताए ।

बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले उनीबाट रक्षा मन्त्रालय खोसेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌ कार्यालयको जिम्मेवारी दिएका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *