Sajhamanch Archive

अर्जुनधारा नगरपालिकाद्धारा अत्यावश्यक सेवाबाहेकका सेवा बन्द

Published: (Updated: ) in समाज, स्थानीय तह by .

अर्जुनधारा । समुदायमा कोरोना भाइरसको संक्रमण दैनिक बढ्न थालेपछि संकट निम्तिन सक्ने भन्दै अत्यावश्यक सेवाबाहेक अर्जुनधारा नगरपालिकाले अनिश्चितकालका लागि कार्यालय बन्द गर्ने निर्णय गरेको छ ।

आजमात्र अर्जुनधारा नगरपालिका वडा नं.७ स्थित शंकर अस्पतालमा स्वास्थ्यकर्मी, बिरामी र कुरुवा गरी ९ जनामा संक्रमण पुष्टि भएपछि कोरोना क्राइसिस म्यानेजमेन्ट कमिटी (सीसीएमसी)को बैठकले अनिश्चितकालका लागि अत्यावश्यक सेवाबाहेक कार्यालय बन्द गर्ने निर्णय गरेको हो ।

अर्जुनधारा नगरपालिका क्षेत्रमा अत्यावश्यक सेवा क्षेत्रमा स्वास्थ्य, सुरक्षा, फोहोर व्यवस्थापन, खानेपानी, विद्युतलगायत पर्छन् । यसैगरी, शंकर अस्पताललाई पनि ३ दिनसम्म बन्द गर्न निर्देशन दिने पनि बैठकले निर्णय गरेको छ । तीन दिनपछि अस्पताललाई पूरै डिस्इन्फेन्टेन्ट गराएपछि अवस्था हेरेर सञ्चालन गर्न निर्देशन दिइने भएको छ ।

त्यस्तै, चाडपर्व नजिकिएकाले यस समयमा गरिने विभिन्न पूजाआजामा पनि सतर्कता अपनाइने निर्णय भएको छ । बैठकको निर्णयअनुसार विभिन्न शक्तिपीठमा औपचारिक पूजामात्र गर्न दिइनेछ भने चोक बजारमा गरिने सबै किसिमका पूजाआजामा रोक लगाइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *