थप ४ हजार ३९२ जनामा कोरोना
Published:
by .काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ३९२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
देशभरका प्रयोगशालामा १६ हजार ५३१ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।
यससँगै कुल संक्रमितको संख्या एक लाख २६ हजार १३७ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ३ हजार ५२२ संक्रमणमुक्त भएका छन् भने हालसम्म ८८ हजार ४० संक्रमणमुक्त भएर घर फर्किएका छन् ।
Comments