Sajhamanch Archive

आदर्श चौकमा सार्वजनिक धारा जडान

Published: in समाज, स्थानीय तह by .

बिर्तामोड । झापाको बिर्तामोड नगरपालिकाको वडा नं.३ स्थित आदर्श चौकमा सार्वजनिक धारा जडान गरिएको छ ।

शहीद चन्द्र मार्ग हुँदै हल्दीबारी, जलथल जाने यात्रीहरुको सुविधाका लागि आदर्श चौकमा सार्वजनिक खानेपानीको व्यवस्था गरिएको हो ।

कुल ५५ हजार ७ सय रुपैयाँको लागतमा सो सावैजनिक धारा निर्माण गरिएको आदर्श चौक सार्वजनिक धारा निर्माण समितिका अध्यक्ष युवराज रोक्काले बताए ।

उद्घाटन कार्यक्रममा समितिका अध्यक्ष रोक्काले धारा जडान गर्दा भएको खर्च विवरण प्रस्तुत गरेका थिए । कार्यक्रममा बिर्तामोड नगरपालिकाको वडा नं.३ का वडाध्यक्ष भोजराज सिटौला, स्थानीय समाजसेवी कुष्णबहादुर दाहाल आदर्श टोल विकास संस्थाका अध्यक्ष कुमार दाहाल , आदर्श नव युवा क्लवका अध्यक्ष भुपाल दाहाल, बिर्ता प्रहरी सामुदायिक सेवा केन्द्रका अध्यक्ष केशव पाठकगायतको उपस्थिति रहेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *