Sajhamanch Archive

कुखुरा चाेर्न खाेजेकाे आराेपमा कुटपिट, युवककाे ज्यान गयाे

Published: in मिडियाबाट साभार, समाज by .

दाङ । दाङको देउखुरीमा कुखुरा चोर्न खोजेको आरोपमा कुटपिट गरी एक युवकको हत्या गरिएको छ । राप्ती गाउँपालिका वडा नं.३ को नयाँ बस्तीका १८ वर्षीय नरेश चौधरीको हत्या भएको छ ।

छिमेकी २५ वर्षीय ओमप्रकाश घर्ती र उनका ६० वर्षीय बुवा खलबहादुर घर्तीको कुटपिटबाट चौधरीको ज्यान गएको इलाका प्रहरी कार्यालय भालुवाङका प्रमुख, प्रहरी निरीक्षक भुवन भट्टले जानकारी दिए ।

बिहीबार बेलुका ८ बजेतिर कुखुरा कराएपछि घर्ती परिवारले नरेशलाई कुखुरा चोर्न गएको आरोप लगाएपछि चौधरी र घर्ती परिवारको विवाद भएको थियो । वादविवादका क्रममा बाबु छोरा मिलेर हात र लाठीले चौधरीमाथि कुटपिट गरेपछि उनी घाइते भएका थिए । घाइते चौधरीको रक्तश्रावका कारण ज्यान गएको हुन सक्ने प्रहरीले बताएको छ ।

                                                                                              उज्यालो

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *