Sajhamanch Archive

‘बलात्कारीलाई मृत्युदण्ड समाधान होइन’

Published: in राष्ट्रिय समाचार, समाज by .

बिर्तामोड । बलात्कारमा संलग्नलाई मृत्युदण्ड दिनुपर्ने आवाज उठिरहेको छ । महिला अधिकारकर्मी र सांसदहरुले पनि यसलाई जोडतोडले उठाइरहेका छन् । तर, मृत्युदण्ड दिँदैमा बलात्कार नरोकिने मत पनि बलियो बन्दै गएको छ ।

बलात्कारीलाई मृत्युदण्ड समाधान होइन भन्दै आज बिर्तामोडमा महिलाहरुले स्वतस्फूर्त प्रदर्शन गरेका छन् । मुक्तिचोकमा भेला भएका महिलाहरु निधारमा कालोपट्टी बाँधेर कालो पोशाकमा उपस्थित भएका थिए । उनीहरुले ‘अब कति सहने’ भन्दै बलात्कारीलाई मृत्युदण्ड होइन आजीवन काराबासको सजाय हुनु पर्नेमा जोड दिए ।

बलात्कारमा संलग्नलाई राज्य संयन्त्रले संरक्षण गर्न नहुने अभियानकर्मी प्रकृति न्यौपानेले बताइन् । ‘मृत्युदण्ड समाधान होइन’, उनले भनिन्, ‘बलात्कारीलाई आजीवन काराबास हुनु पर्छ ।’ मृत्युदण्ड दिइएका विश्वका अरु देशमा पनि बलात्कार नरोकिएको उनले बताइन् ।

प्रदर्शनमा महिलाहरुले सबै पुरुष बलात्कारी होइनन् भन्दै जो हुन् उनीहरुलाई छोड्न नहुने बताए । समाजबादी सरकार कहाँ छ ? भन्दै महिलाहरुले प्रश्न पनि गरे ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *