शनिबार तीन हजार १६७ जनामा कोरोना
Published: (Updated: )
by .काठमाडौं । नेपालमा थप ३ हजार १ सय ६७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर तीन हजार १६७ संक्रमित थपिएका हुन् । यससँगै कुल संक्रमितको संख्या एक लाख २९ हजार ३०४ पुगेको छ ।
पछिल्लो २४ घण्टामा एक हजार ८०० जना देशभरका विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म ८९ हजार ८४० जना डिस्चार्ज भएका छन् ।
Comments