Sajhamanch Archive

बिर्ताबजारको दुर्गा मन्दिरको स्थानान्तरण

Published: (Updated: ) in समाज, स्थानीय तह by .

बिर्तामोड । निर्माणाधिन बिर्तामोड चन्द्रगढी सडकको क्षेत्रभित्र परेको बिर्ताबजारको ऐतिहासिक दुर्गा मन्दिरलाई आज स्थानान्तरण गरिएको छ ।

घटस्थापनाको अवसर पारेर धार्मिक विधि अनुसार दुर्गा भगवतीको मूर्तिलाई नयाँ मन्दिरमा स्थानान्तरण गरिएको हो ।

६ जना पण्डितहरुद्वारा यज्ञ गराई शंखघण्टी ध्वनीसहित पञ्चे बाजा र स्थानीय बाजागाजा बजाएर मूर्तिलाई धार्मिक विधिबिधान बमोजिम नयाँ मन्दिरमा व्यवस्थित रुपमा स्थानान्तरण गरिएको मन्दिर निर्माण समितिका अध्यक्ष पर्शु सिटौलाले बताए ।

साविक मन्दिरकै छेउमा बिर्तामोड नगरपालिकाको लागतमा करिव ४० लाख रुपैयाँको भव्य र व्यवस्थित नयाँ मन्दिर निर्माण गरिएको उनले बताए । सोही मन्दिरमा पदस्थापन गर्ने गरी मूर्ति स्थानान्तरण गरिएको हो ।

पुरानो मन्दिरमा दुर्गा,गणेश,कात्तिक, सरस्वती र लक्ष्मीका पाँचवटा मूर्ति रहेका थिए । ती सबै मूर्तिलाई सारिएको हो । २०६७ सालमा सिंगमरमरका ती मूर्तिहरु भारतको वनारसबाट किनेर ल्याइएका थिए । ती मूर्तिहरुलाई स्थानान्तरण गरी भोलिदेखि पदस्थापनका विधिहरु शुरु गरिने मन्दिर समितिका अध्यक्ष वासु माझीले बताए ।

मूर्ति सानुअघि स्थानान्तरण गर्ने यज्ञ गरिएको थियो । यज्ञ हवनमा नगरपालिकाका नगर प्रमुख धु्रवकुमार शिवाकोटी,बिर्तामोड नगरपालिका वडा नं.३ वडाध्यक्ष भोजराज सिटौला,मन्दिर समितिका पदाधिकारी, भक्तजनलगायतले चरु अर्पण गरेका थिए । बिर्तामोड–चन्द्रगढी सडक खण्ड निर्माण थालिएसँगै साविक मन्दिर बाटोभित्र परेपछि त्यसलाई केही पूर्वपट्टि सारिएको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *