Sajhamanch Archive

‘रामबाबु सत्य र निष्ठाका प्रतिमूर्ति’

Published: in राजनीति, राष्ट्रिय समाचार by .

झापा । नेपाली कांग्रेसका पूर्व केन्द्रीय कोषाध्यक्ष तथा झापाका पूर्व सभापति खनुपरुदे रामबाबु प्रसाईको नवौं पुण्यतिथि पारेर नेपाली कांग्रेस झापाले शोकसभा सम्पन्न गरेको छ ।

प्रसाईको ९९ बर्षको उमेरमा गत असोज २३ गते काठमाडौंको ओम अस्पतालमा उपचारको क्रममा निधन भएको थियो ।

सत्यवादी, निष्ठावान नेताका रुपमा परिचित रामबाबुको व्यक्तित्वको स्मरण गर्दै झापाका अग्रज नेता डिल्लीप्रसाद सिटौलाले भने–‘उहाँ बचनमा पक्का हुनुहुन्थ्यो– शतिशालजस्तो । अर्काको अहित सोच्दै नसोच्ने ब्यक्ति, आस्था, समयमा पनि पक्का हुनुहुन्थ्यो ।’

नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुधिरकुमार शिवाकोटीले रामबाबु आफ्नो ब्यक्तिगत संरक्षक र राजनीतिक प्रशिक्षक रहेको चर्चा गर्दै २०३४ सालमा उहाँकै हातबाट क्रियाशील सदस्यता लिएको स्मरण गरे ।

नेपाली कांग्रेस झापाका सभापति उद्वव थापाले नेपालको लोकतान्त्रिक आन्दोलनमा लागेका कारण रामबाबुले प्रवासी जीवन, जेलनेल लगायतका यातना भोगेको स्मरण गर्दै रामबाबुले छोडनुभएको सत्य र निष्ठाको बाटोलाई आजका तमाम लोकतन्त्रवादीले अनुसरण गर्नुपर्नेमा जोड दिए ।

प्रसाईको स्मृतिमा एकमिनेट मौनधारण गरी प्रारम्भ भएको कार्यक्रममा पार्टीले तयार पारेको शोक बक्तब्य सचिव प्रेम सम्बाहाम्फेले प्रस्तुत गरेका थिए ।

शोकसभामा नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा, सचिव ताराविर कटुवाल, सहसचिव राजेन्द्र भण्डारी, प्रचार विभाग प्रमुख कृष्ण हुमागाई, जिल्ला सदस्यहरु विजय रिजाल, पार्वता गिरी, गोपाल उप्रेती, पुष्पराज पौडेल, चन्द्रप्रसाद गिरी, प्रदेश सभा सांसद ओमप्रकाश सरावगी, नेपाल प्रेस युनियन झापा अध्यक्ष इन्दु पूर्वेली, राप्रपा संयुक्तका केन्द्रीय सदस्य राजकुमार पोखरेल लगायत सयौं नेता कार्यकर्ता तथा सामाजिक ब्यक्तित्वहरुको सहभागिता रहेको कार्यालय सचिव जयकुमार दाहालले जानकारी दिए ।

पञ्चायती व्यवस्थाको प्रतिबन्धित कालमा (२०४१ सालदेखि ०४७ सालसम्म) नेपाली काँग्रेस झापाको सभापति रहनुभएका प्रसाईले निरंकुश पञ्चायती व्यवस्थाको बिरोधमा नेपाली काँग्रेसले सञ्चालन गरेको क्रान्तिमा सरिक भए बापते भारतमा निर्वासित जीवन बिताउनु परेको थियो भने पटक–पटक जेल र हिरासतमा बस्नुपरेको थियो ।

राजा महेन्द्रले २०१७ सालमा बीपी कोइराला नेतृत्वको दुईतिहाइ बहुमतको प्रथम जननिर्वाचित सरकार अपदस्त गरी बीपीलगायतका नेतालाई जेल हालेपछि रामबाबुले राजाको त्यो अप्रजातान्त्रिककदमका बिरुद्ध इलामस्थित आफ्नै निवासमा कालो झण्डा गाडेर बिरोध जनाएका थिए । सोही कारण तत्कालीनशाही सत्ताले रामबाबुलाई दुईबर्षसम्म जेल हालेको थियो । २०४६ सालमा भएको बाममोर्चा सम्मिलित संयुक्त जनआन्दोलनका क्रममा फागुन ७ गते बिर्तामोडको मुक्ति चोकबाट पक्राउ परेका र आन्दोलन सफल भए पश्चात मात्रै जेलमुक्त भएका थिए ।

वि.सं. १९७८ साल माघ १६ गते जन्मिएका प्रसाईंले बिर्तामोडस्थित देवी मावि बुधबारे हटिया र कृषिथोक बजारलाई जग्गाप्रदान गरी बिर्तामोडको शहरीकरणमा महत्वपूर्ण योगदान समेत पु¥याएका थिए । उनकी श्रीमती, छोराहरु टोरुप, डुजुप र गिसुप तथा दुई छोरी खम र खेचिम रेहका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *