नातिको कुटपिटबाट हजुरबुवाको ज्यान गयो
Published:
by .धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिकामा नातिको कुटपिटबाट हजुरबुवाको ज्यान गएको छ ।
कोलबोटेका २७ वर्षीय अबिनास राईको कुटपिटबाट उनका ९० वर्षीय हजुरबुवा फत्तबहादुर राईको ज्यान गएको धनकुटाका डीएसपी ध्रुव श्रेष्ठले बताए ।
जाँडरक्सी खाएका अविनासले गएको सोमबार हजुरबुवामाथि कुटपिट गरेका र उपचारको क्रममा आज ज्यान गएको प्रहरीले जनाएको छ ।
उज्यालो
Comments