Sajhamanch Archive

संसद सचिवालयलाई भीम रावलको पत्र : मेरो दसैँभत्ता फिर्ता लिनुस्

Published: in राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । नेकपा नेता तथा सांसद भीमबहादुर रावलले आफ्नो दसैंँ भत्ता फिर्ता गर्न संसद सचिवालयलाई पत्र लेखेका छन् ।

संसद सचिवालयका महासचिवलाई पत्र लेखी रावलले आफ्नो दसैँ भत्ता फिर्ता हुने व्यवस्था गर्न आग्रह गरेका हुन् ।

‘यदि मेरो खातामा जम्मा भइसकेको रकम हाल त्यस सचिवालयले फिर्ता लिन कठिनाई हुने भएमाभत्ता बराबरको म बाट चेक लिएर वा मेरो आगामी महिनाको पारिश्रमिकबाट सो रकम कट्टी हुने गरी जुन त्यस सचिवालयलई सहज हुन्छ सोही अनुरुप गर्नुहोला’ रावलले पत्रमा लेखेका छन् ।

नेता रावलले देश विषम परिस्थिति तथा आर्थिक कठिनाईमा रहेका बेला सांसदहरुका लागि दसैँभत्ता बापत रकम उपलब्ध नगराउने नीतिगत निर्णय नै हुनुपर्ने बताएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *