Sajhamanch Archive

ताप्लेजुङका भाडाका सवारी साधनलाई कारवाहीको दायरामा ल्याउन स्टिकर

Published: (Updated: ) in समाज by .

ताप्लेजुङ । ताप्लेजुङमा भाडाका सवारी साधन भित्रै सवारी नम्बरसहितको स्टिकर राख्न थालिएको छ । जिल्ला प्रहरी कार्यालय, ट्राफिक प्रहरी र यातायात व्यवसायीको आपसी समन्वयमा स्टिकर राख्न थालिएको हो ।

यात्रुबाट बढि भाडा लिएको, दुव्र्यवहार भएको लगायतका गुनासो आउन थाले पछि त्यस्ता सवारी साधनलाई चाँडो पहिचान गरि कारबाहिको दायरामा ल्याउने उद्धेश्यले उक्त अभियान सुरु गरिएको ट्राफिक प्रहरी ईन्चार्ज दिपक दुलालले जानकारी दिए ।

जिल्लाका विभिन्न ग्रामिण भेगमा चल्ने र लामो दूरीका सबै सवारी साधनमा चढ्दा सवारी साधनको नम्बर समेत ख्याल गर्न र ठगी लगायतका क्रियाकलाप भएमा तत्काल प्रहरीलाई खबर गर्न आग्रह गरीएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *