Sajhamanch Archive

गाउँपालिका अध्यक्ष भूजेललाई बिर्तासिटीबाट नोबेल रेफर

Published: (Updated: ) in समाज, स्थानीय तह, स्वास्थ्य by .

बुद्धशान्ति । बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष रमेशकुमार भूजेललाई छातीको संक्रमणका कारण बिर्तासिटी हस्पिटलबाट नोबेल हस्पिटल रेफर गरिएको छ ।

बुद्धशान्ति गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत इन्द्रप्रसाद चापागाईले विगत ४ दिनदेखि बिरामी रहेका उनलाई बिर्तासिटी अस्पताल भर्न गरिएको र त्यहाँ एक्सरेमार्फत छातीमा संक्रमण देखिएपछि नोबेल हस्पिटल विराटनगर रेफर गरिएको बताए ।

गाउँपालिका अध्यक्ष भूजेललाई कोरोना संक्रमण भएको भनेर हल्ला गरेता पनि त्यसमा सत्यता नभएको गाउँपालिकाले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *