सांसद चापागाईँले नारी सञ्चार र सहीद प्रतिष्ठानलाई भत्ता रकम दिने घोषणा
Published:
by .बिर्तामोड । संघीय सांसद धर्मशिला चापागाईँले दशैं खर्चवापत सरकारबाट प्राप्त भत्ता झापाका दुई संस्थालाई प्रदान गर्ने घोषणा गरेकी छन् ।
सांसद चापागाईँले आज विज्ञप्ति निकालेर नारी सञ्चार गृह झापा र सहीद प्रतिष्ठान नेपाल बिर्तामोडलाई आधा–आधा रकम उपलब्ध गराउने जनाएकी हुन् ।
दशैं भत्ता बापतको रकम सबैले एक ठाउँमा जम्मा गर्नेमा एक मत हुन नसकेपछि सांसद चापागाईँले गृह नगरमा क्रियाशील दुई संस्थालाई रकम उपलब्ध गराउने निर्णय गरेकी हुन् ।
Comments