प्रविधिको विकाससँगै नेपाली शब्दावलीहरु हराउँदै गएः मन्त्री घिमिरे
Published: (Updated: )
by .विराटनगर । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले प्रविधिको विकाससँगै नेपाली शब्दावलीहरु हराउँदै गएको बताएका छन् । सामाजिक विकास मन्त्रालयद्वारा सोमबार आयोजित नेपाली भाषा चुनौति र सामाधनका विषयक अनलाइन कार्यक्रममा बोल्दे मन्त्री घिमिरेले नेपाली शब्दावली लोप हुनेतर्फ चिन्ता व्यक्त गरेका हुन् ।
उनले भने, कतिपय शब्दलाई स्वीकारर्नुपर्ने अवस्था पनि छ ।’ अंग्रेजीबाट सिकेको कुरा मात्र सहि हुन्छ भन्ने मान्यतालाई बदल्नुपर्नेमा उनको जोड थियो । सिकाई कुनैपनि भाषा र माध्यमबाट हुन सक्ने भन्दै मन्त्री घिमिरेले भने अंग्रजी नै सवै कुरा होईन ।’ सिकाईका कुनैपनि माध्यमहरु हुन सक्छन् भन्ने बोध समाजलाई गराउनुपर्ने अवस्था आएको छ । नेपाली भाषाबाट काम गर्न सक्ने क्षेत्रहरुको पहिचान गरेर सच्याउन ध्यान दिनुपर्ने मन्त्री घिमिरेले बताए ।
कार्यक्रममा प्रा.डा. टंकप्रसाद न्यौपाने र डा. रमेश घिमिरेले नेपाली भाषा ः चुनौति र समाधान विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्र माथि स्वदेश तथा विदेशमा रहेका नेपाली भाषाका विज्ञहरुले टिप्पणी गरेका थिए ।
Comments