Sajhamanch Archive

पेट्रोल पम्पमा इन्धन खन्याउँदै गरेको ट्यांकरमा आगलागी

Published: in समाज by .

बुटवल । रुपन्देहीको भैरहवास्थित एक पेट्रोल पम्पमा इन्धन खन्याउँदै गरेको ट्यांकरमा आगलागी भएको छ ।

सिद्धार्थनगर नगरपालिका वडा नं.८ अञ्चलपुरमा रहेको एभरेष्ट आयल सप्लायर्समा ट्यांकरबाट जमिनमुनिको ट्यांकीमा इन्धन खनाउने क्रममा सोमबार राति पौने ८ बजे एक्कासी आगलागी भएको हो ।

आलगागीबाट लु २ ख १५४१ नम्बरको ट्यांकर पूर्णरुपमा नष्ट भएको र ट्यांकरमा रहेको ३० हजार लिटर डिजल पनि नष्ट भएको रुपन्देही प्रहरीले जानकारी दिएको छ ।

आगलागीबाट इन्धन खन्याउने मेशिन अपरेटर नारायण खनालको हात खुट्टा पोलेर सामान्य घाइते भएका रुपन्देही प्रहरी प्रवक्ता खड्क बहादुर खत्रीले बताए ।

सिद्धार्थनगर, तिलोत्तमा र बुटवल नगरपालिकाबाट गएका दमकलले आगलागी नियन्त्रणमा लिएका थिए । पेट्रोल पम्प तथा नजिकका घरहरुमा क्षति हुनबाट जोगाएको डीएसपी खत्रीले बताए । ‘समयमै दमकलहरु आएर आगलागी नियन्त्रण भएकाले ठूलो दुर्घटना ट¥यो,’ डीएसपी खत्रीले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *