Sajhamanch Archive

डा. बाबुराम भट्टराई बने जसपाको संघीय परिषद् अध्यक्ष

Published: in राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । जनता समाजवादी पार्टीले वरिष्ठ नेता बाबुराम भट्टराईलाई संघीय परिषद् अध्यक्ष बनाएको छ । जसपाको सोमबारदेखि जारी दुईदिने कार्यकारिणी सभा बैठकले भट्टराईलाई संघीय परिषद् अध्यक्ष बनाउने निर्णय गरेको हो ।

यसअघि जसपमा महन्थ ठाकुर र उपेन्द्र यादव संघीय परिषद् अध्यक्ष छन् । ५१ सदस्यीय केन्द्रीय कार्यकारिणीसभामा दुई अध्यक्ष, ३ वरिष्ठ नेता र ४६ जना सदस्य छन् । अध्यक्ष बनाइएका भट्टराई, राजेन्द्र महतो र अशोककुमार राई वरिष्ठ नेता छन् ।

त्यस्तै जसपाले हाल थुनामा रहेका सांसद रेशम चौधरीको रिहाका लागि अभियान चलाउने निर्णय पनि गरेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *