Sajhamanch Archive

प्रहरीमा कोरोना संक्रमितको संख्या ५६५१ पुग्यो

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by .

काठमाडौं । नेपाल प्रहरीमा कोरोना संक्रमितको संख्या ५ हजार ६ सय ५१ पुगेको छ । अन्य सुरक्षा निकायभन्दा प्रहरीमै सबैभन्दा बढी संक्रमित छन् ।

हालसम्म ३ हजार ४ सय ५७ जना डिस्चार्ज भएको र २ हजार १ सय ९४ जना सक्रिय संक्रमित छन् । प्रहरी प्रधान कार्यालयमै ४ सय ७१ सक्रिय संक्रमित छन् भने काठमाडौं उपत्यकामा ६ सय ९९ छन् ।

यस्तै प्रदेश १ मा १७०, प्रदेश २ मा ८१, वाग्मती प्रदेशमा १८१, गण्डकी प्रदेशमा २१६, लुम्बिनी प्रदेशमा २०१, कर्णाली प्रदेशमा ५३ र सुदूरपश्चिम प्रदेशमा १२२ जना सक्रिय संक्रमित रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *