Sajhamanch Archive

झापामा ६० जनामा कोरोना

Published: (Updated: ) in समाज, स्थानीय तह, स्वास्थ्य by .

झापा । झापामा आज थप ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेहरुमा ८ महिला र ५२ पुरुष रहेका छन् ।

स्वास्थ्य कार्यालय झापाले दिएको जानकारीमा भद्रपुरमा ५ पुरुष, बिर्तामोडमा ३ महिला र १९ पुरुष गरी २२ जना,मेचीनगरमा १ महिला ८ पुरुष गरी ९ जना, अर्जुनधारामा २ महिला र ८ पुरुष गरी १० जना, गौरीगञ्ज, कमल र बाह्रदशीमा १/१ जना पुरुषमा संक्रमण भएको छ ।

त्यस्तै, दमकमा ७ पुरुष, कन्काईमा १ महिला र १ पुरुष गरी २ जना र गौरादहमा १ महिला र १ पुरुष गरी २ जनामा कोरोना पुष्टि भएको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *