Sajhamanch Archive

आन्तरिक मामिला तथा कानुन मन्त्री कार्कीलाई कोरोना

Published: (Updated: ) in प्रदेश तह, समाज, स्वास्थ्य by .

विराटनगर । प्रदेश १ का आन्तरिक  मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

शुक्रबार बिहान मन्त्री कार्कीलाई कोरोना संक्रमण पुष्टि भएको हो । बिहीबार पीसीआर गर्दा शुक्रबार आफूलाई कोरोना पोजेटिभ देखिएको मन्त्री कार्कीले सामाजिक सञ्जाल फेसबुक मार्फत जानकारी दिएका छन् ।

सामान्य रुघाखोकीलगायत असर देखिएपछि होम आइसोलेसनमा रहेका कार्कीले बिहीबार विराटनगरमा एउटा निजी क्षेत्रले सञ्चालन गरेको ल्याब उदघाटन गरेका थिए ।

पोजेटिभ देखिएपछि बिराटनगरमा आफ्नै निवासमा आइसोलेसनमा बसेको कार्कीले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *