Sajhamanch Archive

प्रधानमन्त्रीलाई प्रश्‍न- लिम्पियाधुरा, लिपुलेक फिर्ता अभियान जारी कि विसर्जन ?

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्‍वप्रकाश शर्माले प्रधानमन्त्री केपी ओलीले दसैँको शुभकामना सन्देशमा पुरानो नक्सा प्रयोग गर्नु सामान्य त्रुटि नभएको बताएका छन् ।

उनले लिम्पियाधुरा, लिपुलेक र कालापानीसहित नेपालको संसदले पारित गरेको नक्सा प्रयोग नगरेको भन्दै आपत्ति जनाएका छन् ।

‘‘लिम्पियाधुरारहित नेपालको नक्सा प्रयोगलाई सामान्य त्रुटि कसरी मानौं सम्माननीय प्रधानमन्त्री ? गम्भीर विमति दर्ज होस् !’’ उनले प्रधानमन्त्री ओलीलाई मेन्सन गर्दै ट्‌विटरमा लेखेक छन्, ‘‘देशको संसदले पारित गरेको नक्सा अब नक्सामै असुरक्षित भएपछि जग्गा फिर्ता गर्ने अभियान जारी कि यहाँको नेतृत्वमा बिसर्जन ?’’

प्रधानमन्त्री ओलीले दसैँको शुभकामनाका लागि तयार गरेको सामग्रीमा पुरानै नक्सा प्रयोग भएपछि प्रमुख प्रतिपक्षी दल कांग्रेसले मात्र होइन सामाजिक सन्जालमा धेरैले चर्को आलोचना गरेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *