Sajhamanch Archive

धरानमा कोरोना संक्रमित महिलाको मृत्यु

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by .

सुनसरी । सुनसरीको धरानमा कोरोना संक्रमित एक महिलाको शुक्रबार मृत्यु भएको छ ।

धरान उपमहानगरपालिका वडा नं.११ कि ५२ वर्षकी महिलाको शुक्रबार अपरान्ह ५ बजेर ५ मिनेट जाँदा मृत्यु भएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए ।

कात्तिक ३ गते कोरोना संक्रमण पुष्टि भएकी ती महिलामा हाइपरटेन्सन र मधुमेहको समस्या रहेको अस्पतालले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *