Sajhamanch Archive

मुख्यमन्त्री शाहीविरुद्धको अविश्वासको प्रस्ताव अस्वीकृत

Published: in प्रदेश तह, राजनीति by .

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्धको अविश्वासको प्रस्ताव बहुमतले अस्वीकृत भएको छ ।

शुक्रबार वीरेन्द्रनगरमा बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेश सभाको संसदीय दलको बैठकले शाहीविरुद्धको अविश्वासको प्रस्ताव अस्वीकृत गरेको हो ।

मुख्यमन्त्री शाहीका प्रेस सल्लाहकार ध्रुव बुढाथोकीले भने, ‘अविश्वासको प्रस्तावको पक्षमा शून्य मत पर्यो । प्रस्ताव दर्ता गराउने कुनै पनि सांसदहरु बैठकमा उपस्थित हुनु भएन ।’

यसअघि २५ असोजमा नेकपाकै नेता यामलाल कँडेलसहित १८ जना प्रदेशसभा सदस्यहरुले मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । तर पछि नौ जनाले अविश्वासको प्रस्ताव फिर्ता लिएका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *