Sajhamanch Archive

यसपालिको दशैँ घमाइलो

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

काठमाडौं । यसपालिको दशैँ घमाइलो हुने भएको छ ।

पर्सिसम्म नै पानी पार्ने कुनै पनि प्रणाली सक्रिय नदेखिएकाले धेरै ठाउँको मौसम सफा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तर स्थानीय वायुको प्रभावले एक/दुई ठाउँमा भने फाट्टफुट्ट पानी पर्न सक्ने महाशाखाकी मौसमविद् शान्ति कँडेलले बताइन् ।

उनका अनुसार आज प्रदेश १ र गण्डकी प्रदेशका एक/दुई ठाउँमा हल्का पानी पर्ने सम्भावना छ भने प्रदेश १ मा आंशिकदेखि सामान्य बद्ली हुनेछ । यस्तै प्रदेश २, वाग्मती र गण्डकी प्रदेशमा आंशिक बद्ली रहेको भए पनि अरु ठाउँको मौसम सामान्यतया सफा रहनेछ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *