Sajhamanch Archive

विराटनगरमा थप दुई कोरोना संक्रमितको मृत्यु

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by .

विराटनगर । विराटनगरको नोबेल मेडिकल कलेजमा शनिबार सुनसरी र इलामका एक-एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

नोबेल मेडिकल कलेजका प्रबन्धक नारायण दाहालका अनुसार गढी गाउँपालिका वडा नं.९ सुनसरी घर भएका ३८ वर्षीय पुरुष र इलाम नगरपालिका वडा नं.२ इलाम घर भएकी ५९ वर्षीय महिलाको मृत्यु भएको हो ।

सुनसरीका ३८ वर्षीय युवकको शनिबार बिहान करिब ४ बजे मृत्यु भएको हो । मृतक युवक ३ कात्तिकमा नोबेलमा भर्ना भएका थिए । उनलाई सोही दिन कोरोना पोजेटिभ देखिएको थियो । ती पुरुषमा निमोनियाको समस्या पनि थियो ।

त्यस्तै इलामकी महिलालाई श्वासप्रश्वासमा समस्या देखिएपछि ४ कात्तिकमा कलेजमा भर्ना गरिएको थियो । उनलाई सोही दिन कोरोना पोजेटिभ देखिएको थियो । महिलाको शनिबार बिहान करिब ७ बजे मृत्यु भएको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *