Sajhamanch Archive

रुपन्देही र कपिलवस्तुमा डुबेर तीनजनाको मृत्यु

Published: (Updated: ) in मिडियाबाट साभार, समाज by .

बुटवल । रुपन्देही र कपिलवस्तुमा खोला र पोखरीमा डुबेर तीनजनाको मृत्यु भएको छ ।

कपिलवस्तुमा पोखरीमा डुबेर दुईजना र रुपन्देहीमा खोलामा डुबेर एक बालकको मृत्यु भएको हो ।

बुटवल उपमहानगरपालिका वडा नं.८ दीपनगरका १० वर्षका निश्चल तिवारीको पौडी खेल्ने क्रममा बुटवल–७ स्थित भनभने खोलामा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता खड्कबहादुर खत्रीले बताए । बुटवलको कालिका मानवज्ञान माविमा कक्षा ४ मा अध्ययनरत उनी शुुक्रबार बुटवलबाट हराएका थिए ।

यस्तै कपिलवस्तुको महाराजगञ्ज नगरपालिका वडा नं. ५ स्थित मतखनवा पोखरीमा कमलको फूल टिप्ने क्रममा स्थानीय ३२ वर्षीय अशोक कुमार पाठक र २६ बर्षीय करमहंस पाठकको मृत्यु भएको छ ।

शनिबार बिहान पूजाका लागि फूल टिप्न गएका उनीहरु पोखरीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीले बताए ।

अनलाइनखबरबाट

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *