Sajhamanch Archive

जब करीनाले सैफकी पूर्वपत्नीको बारेमा गरिन् यस्तो खुलासा

Published: (Updated: ) in गीत/संगीत/मनोरञ्जन by .

एजेन्सी । बलिउड अभिनेत्री करीना कपूर दोस्रोपटक गर्भवती भएपछि चर्चामा आएकी छिन् । उनले बलिउडका अभिनेता सैफ अली खानसँग सन् २०१२ मा विवाह गरेकी थिइन् । उनका एक छोरा तैमूर समेत विभिन्न कारण चर्चामा आइरहन्छन् । सैफले करीनाभन्दा अगाडि सन् १९९१ मा अमृता सिंहसँग विवाह गरेका थिए । तर उनीहरुको सन् २००४ मा सम्बन्धविच्छेद भएको थियो ।

करीनाले बलिउडका निर्देशक तथा निर्माता करण जौहरको कार्यक्रम ‘कफी विथ करण ६’ मा अमृता र करीनासँग सम्बन्धित एक खुलासा गरेकी थिइन् । जुन कुरा सुनेर धेरै आश्चर्यमा परेका थिए । करीनाले अमृतासँग आफ्नो भेट नै नभएको र सैफसँग भेट्दा अमृतासँग सम्बन्धविच्छेद भइसकेको बताएकी थिइन् । यद्यपि, उनले अमृतासँग मनबाट नै इज्जत र माया भएको बताएकी थिइन् ।

करीना अमृताका दुई सन्तान सारा अली खान र इब्राहिम अली खानसँग विभिन्न कार्यक्रम तथा समारोहमा भेटघाट गरिरहेकी तस्बिर सामाजिक सञ्चालमा चर्चामा आउने गर्छ तर उनले अमृतासँग भेटेको भने कतै पनि देखिएको छैन ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *