Sajhamanch Archive

दशैँमा २०-२२ लाख यात्रु बाहिरिने गरेकाेमा यसपालि मात्रै डेढ/दुई लाख बाहिरिए

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार by .

काठमाडौं । यसपालिको दशैँका लागि डेढ/दुई लाख नागरिकले मात्रै काठमाडौं छोडेका छन् । पोहोर, परारको दशैँमा २० देखि २२ लाख काठमाडौंबाट बाहिरिने गरेकोमा यसपालि कोरोना भाइरस सङ्क्रमणको जोखिमका कारण धेरै जना गाउँघर गएका छैनन् ।

निजी गाडी हुनेहरु प्रायजसो गए पनि लामो दुरीका सार्वजनिक गाडी चढेर केही मात्रै गाउँ घर पुगेका छन् । कोरोना महामारीका कारण यसपालिको दशैँमा ३० देखि ३५ प्रतिशत मात्रै गाडी चलेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले बताए । उनले यात्रु नभएकाले सबै सार्वजनिक गाडी चलाउन नसकिएको बताए ।

आइतबार बिहानसम्ममा डेढ दुई लाख यात्रु मात्रै काठमाडौंका विभिन्न नाका हुँदै बाहिरिएका उनले जानकारी दिए । उनले लामो दुरीमा आइतबारदेखि खासै यात्रु नजाने पनि बताए ।

गएको २४ घण्टामा उपत्यकाका विभिन्न नाका हुँदै २० हजार नौ सय ८२ जना बाहिरिएका महानगरीय ट्राफिक प्रहरी महाशाखाको तथ्याङ्क छ । यो अवधिमा आठ हजार चार सय ९४ यात्रु भने काठमाडौं भित्रिएका छन् ।

                                                                            स्रोत : उज्यालो

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *