Sajhamanch Archive

सहारा नेपाल साकोसका अनुगमन अधिकृत बस्नेतको कोरोनाबाट मृत्यु

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by .

बिर्तामोड । सहारा नेपाल साकोसका अनुगमन अधिकृत यादवकुमार बस्नेतको कोरोना भाइरसको सक्रमणबाट शनिवार मृत्यु भएको छ ।

कोरोना भाइरसको सक्रमण भएपछि एक सातादेखि उनी बिराटनगरस्थित बिराट मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलमा उपचाररत थिए । उनको उपचारका क्रममा शनिवार अपरान्ह ३ वजे मृत्यु भएको पारिवारिक श्रोतले जनाएको छ ।

उनको शनिवार नै कन्काई नदीमा नेपाली सेनाको टोलीले दाहसंस्कार गरेको थियो । झापा गौरादह नगरपालिका वडा नं.६ दामुनाका ३७ वर्षिय बस्नेत सहारा नेपाल साकोसको विराटनगर अनुगमन अधिकृत पदमा कार्यरत थिए ।

सहारा नेपाल साकोसका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीले बस्नेतको निधनवाट सहारा नेपाल साकोसले एक निष्ठावान ,कर्तव्यनिष्ठ अधिकृत गुमाएको बताउँदै बस्नेतप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *