Sajhamanch Archive

रोहनप्रितसँग नेहा कक्कडको बिहे !

Published: (Updated: ) in गीत/संगीत/मनोरञ्जन by .

गायिका नेहा कक्कडले विवाह गरेकी छन् । उनले २४ अक्टोबरमा रोहनप्रित सिंहसँग दिल्लीमा विवाह गरेकी हुन् । उनीहरुको विवाह समारोहमा पारिवारिक सदस्य र नजिकका साथीहरुको मात्रै उपस्थिति थियो ।

विवाह समारोह निकट व्यक्तिहरुको मात्रै उपस्थितिमा गरिए पनि यो जोडीले पन्जाबमा रिसेप्सन भने भव्य रुपमा आयोजना गरेका थिए ।

सामाजिक सन्जालमा नेहा र रोहनप्रितको मेहेन्दीदेखि विवाह समारोहका तस्बिर तथा भिडियोहरु भाइरल भएका छन् । नेहाले पनि इन्स्टाग्राममा आफ्नो मेहेन्दीको तस्बिर हाल्दै लेखेकी छिन्, “निहुप्रितको हल्दी सेरेमनी !”

नेहाले विवाहका केही साताअघि अर्थात् ९ अक्टोबरमा मात्रै रोहनप्रितसँगको आफ्नो फोटो सेयर गर्दै सम्बन्धबारे खुलासा गरेकी थिइन् ।

                                                                                                   जागरण

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *