Sajhamanch Archive

कमल थापा अस्पतालबाट डिस्चार्ज

Published: in राष्ट्रिय समाचार, स्वास्थ्य by .

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री कमल थापा चाबहिलस्थित ओम अस्पतालबाट आइतबार डिस्चार्ज भएका छन् ।

कोरोना संक्रमण पुष्टि भएपछि गत असोज ३० गते अस्पताल भर्ना भएका थापाको स्वास्थ्यमा उल्लेख सुधार भएपछि अस्पतालले उनलाई आइतबार डिस्चार्ज गरेको राप्रपा केन्द्रीय सचिवालय सदस्य राजाराम बर्तौलाले जानकारी दिए ।

गत असोज ३० गते बुधबार स्वास्थमा समस्या देखिएपछि कोरोना परिक्षण गर्दा उनलाई कोरोना पोजेटिभ देखिएको थियो । उनलाई टाउको दुख्‍ने,ज्वरो आउने र श्वासप्रस्वासमा केही असहज महसुस भएपछि ओम अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा राखेर उपचार गरिएको थियो ।

डिस्चार्जपछि थापाले उपचारमा संलग्‍न चिकित्सक,नर्ससहित सबै स्वास्थकर्मी, अस्पताल सञ्चालक र अस्पताल व्यवस्थापन समिति कर्मचारी सबैमा धन्यवाद व्यक्त गरेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *