Sajhamanch Archive

झापामा एकैदिन १५१ जनामा कोरोना संक्रमण

Published: in समाज, स्थानीय तह, स्वास्थ्य by .

झापा । झापामा आज थप १५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । जसमा ५५ महिला र ९६ जना पुरुष रहेका छन् ।

दमकमा ६६ जनालाई संक्रमण देखिएको छ । दमकका संक्रमितहरु २५ महिला र ४१ पुरुष छन् । बिर्तामोडमा ४२ जनामा संक्रमण पुष्टि भएको छ । बिर्तामोडमा २० महिला र २२ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै गौरादहमा ११,गौरीगञ्जमा ९, मेचीनगरमा ७ , कमलमा ५ ,कनकाईमा ४, हल्दिबारीमा ३,शिवसताक्षी र भद्रपुरमा २—२ जना रहेका छन् । भद्रपुरमा एकजना सशस्त्र प्रहरी रहेको जनाइएको छ ।

झापामा हालसम्म कोरोना संक्रमितको संख्या १ हजार ७४५ पुगेको छ भने १०९० जना निको भएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *