Sajhamanch Archive

आईपीएल : राजस्थानको सानदार जित

Published: (Updated: ) in खेलकुद by .

एजेन्सी । बेन स्टोक्सको शतकीय पारीको मद्दतले राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा पाँचौ जित निकालेको हो ।

सेइख जायेद स्टेडियममा आइतबार राति भएको खेलमा स्टोक्सले शतकीय पारी खेल्दा राजस्थानले शीर्ष स्थानको मुम्बई इन्डियन्सलाई ८ विकेटले पराजित गर्दै सिजनको पाँचौ जित निकालेको हो ।

मुम्बईले दिएको १ सय ९६ रनको विशाल लक्ष्य पछ्याएको राजस्थानले १८.२ ओभरमा मात्र दुई विकेट गुमाउँदै लक्ष्य भेट्याएको हो । राजस्थानको जितका लागि स्टोक्स र सामसनले १५२ रनको साझेदारी गरे ।

स्टोक्सले ६० बलमा १०७ रनको अविजित शतकीय पारी खेलेका हुन् । त्यस्तै सामसनले ३१ बलमा अविजित ५४ रनको योगदान दिए । मुम्बईका लागि दुबै विकेट जेम्स पाटिन्सनलेले लिएका थिए ।

यस अघि टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको मुम्बईले हार्दिक पाण्डेयको अर्धशतकको सहयोगमा १९५ रन जोडेको थियो । पहिलो इनिङ्समा ब्याटिङ गर्दै मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १९५ रन जोडेको थियो ।

मुम्बईका लागि सुर्यकुमार यादवले ४० रनको योगदान दिए । उनले २६ बलमा ४० रन जोडेका हुन् । त्यस्तै ओपनर ब्याट्सम्यान इसान किसनले ३७ रनको योगदाना दिए । सौरभ तिवारीले ३४ रन जोडे ।

हार्दिक पाण्डेयले ६० रनको आक्रमक अविजित पारी खेले ।  त्यस्तै कुर्नाल पाण्डेय ३ रनमा अविजित रहे । राजस्थानका लागि जोफ्रा आर्चर र श्रेयस गोपालले समान दुई–दुई विकेट लिए । कार्तिक ट्यागीले एक विकेट लिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *