Sajhamanch Archive

बिपी प्रतिष्ठानमा कोरोना संक्रमित पुरुषको मृत्यु

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by .

सुनसरी । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत् एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ।

इटहरी -४ का ७९ वर्षीय पुरुषको आइतबार अपराह्न उपचारका क्रममा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ।

उनी मिर्गौलापीडित र उच्च रक्तचापका बिरामी थिए। उनलाई आइतबार नै प्रतिष्ठान भर्ना गरिएको थियो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *